

जोकोभिच विमबल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

विश्व नम्बर एक नोभाक जोकोभिच विमबल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन स्टानिस्लाव वावरिन्का भने अमेरिकी खेलाडी रिली ओपेल्कासँग अविश्वसनीय हार ब्यहोर्न बाध्य भए ।
३२ वर्षे जोकोभिचले अमेरिकाका डेनिल कुड्लालाई ३–० को सोझो सेटमा पराजित गरे । छनोट चरण पार गरेर आएका कुड्लालाई हराउनका लागि जोकोभिचले जम्मा एक घण्टा ३३ मिनेट खर्चिए । जोकोभिचले ६–३, ६–२ र ६–२ को जित निकाले ।स्टान वावरिन्का भने पाँच सेटको भिडन्तमा ओपेल्कासँग पराजित भए । तेस्रो सेटसम्म अग्रता लिएका वावरिन्काले अन्तिमको दुई सेट गुमाउँदा ३–२ ले पराजित हुन पुगे ।
६ फिट एघार इन्च अग्ला खेलाडी ओपेल्काले पहिलो सेटमा नै ७–५ को अविश्वसनीय जित निकाले । त्यसपछिको दुई सेटमा वावरिन्का ३–६ र ४–६ ले विजयी भएपछि तेस्रो सेटअघि वावरिन्काले २–१ को अग्रता लिए । चौथो सेटमा ओपेल्काले ६–४ को जित निकालेपछि खेल पाँचौं सेटमा धकेलियो । अन्तिम खेलमा ओपेल्का ८–६ ले विजयी हुँदै अन्चिम ३२ मा स्थान सुरक्षित गरे ।
July 4, 2019 1:33 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

