जोकोभिच विमबल्डन टेनिसको तेस्रो चरणमा प्रवेश
विश्व नम्बर एक नोभाक जोकोभिच विमबल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन स्टानिस्लाव वावरिन्का भने अमेरिकी खेलाडी रिली ओपेल्कासँग अविश्वसनीय हार ब्यहोर्न बाध्य भए ।
३२ वर्षे जोकोभिचले अमेरिकाका डेनिल कुड्लालाई ३–० को सोझो सेटमा पराजित गरे । छनोट चरण पार गरेर आएका कुड्लालाई हराउनका लागि जोकोभिचले जम्मा एक घण्टा ३३ मिनेट खर्चिए । जोकोभिचले ६–३, ६–२ र ६–२ को जित निकाले ।स्टान वावरिन्का भने पाँच सेटको भिडन्तमा ओपेल्कासँग पराजित भए । तेस्रो सेटसम्म अग्रता लिएका वावरिन्काले अन्तिमको दुई सेट गुमाउँदा ३–२ ले पराजित हुन पुगे ।
६ फिट एघार इन्च अग्ला खेलाडी ओपेल्काले पहिलो सेटमा नै ७–५ को अविश्वसनीय जित निकाले । त्यसपछिको दुई सेटमा वावरिन्का ३–६ र ४–६ ले विजयी भएपछि तेस्रो सेटअघि वावरिन्काले २–१ को अग्रता लिए । चौथो सेटमा ओपेल्काले ६–४ को जित निकालेपछि खेल पाँचौं सेटमा धकेलियो । अन्तिम खेलमा ओपेल्का ८–६ ले विजयी हुँदै अन्चिम ३२ मा स्थान सुरक्षित गरे ।
July 4, 2019 1:33 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी