प्रधानमन्त्री रोजगार कार्यक्रम : लोपोन्मुख राउटे समुदायले पनि पाए काम
दैलेख – ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत लोपोन्मुख मानिएका राउटे समुदायका सदस्यहरुले रोजगारी पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको हाे । कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका लोपोन्मुख राउटे समुदायलाई पनि रोजगारी दिएर आर्थिकरुपमा सबल बनाउन वृक्षारोपण गर्ने काम सुम्पेको गुराँस गाउँपालिकाले बताएको छ ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगारी पाएका राउटेहरु वृक्षारोपणमा निकै खुशी भएका छन् । जङ्गलमै बस्ने र रुखहरु काटेर त्यसैका भाँडाकुडा बनाउने राउटेलाई यस्तो काममा लगाउँदा उनीहरुमा रुख काट्नु हुँदैन भन्ने भावना जगाउने अपेक्षा गरिएकाे छ ।यस्तै गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई बाख्रा पनि वितरण गरेको छ । गाउँपालिकाले राउटे समुदायका ४६ घरपरिवारलाई एक/एक वटा बाख्रा वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
July 4, 2019 3:59 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत