Saturday 2nd August 2025

सर्लाहीबाट काठमाडाैं आउँदै गरेकाे ट्रक त्रिशुलीमा खस्याे, दुई जनाकाे निधन

6 years अगाडी

काठमाडौं। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान साढे ६ बजे त्रिशुली नदीमा खस्दा दुई जनाको निधन भएको छ।

इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेको चितवन चितवन प्रहरीले डिसी नेपाललाई जनायो।

दुर्घटनमा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका सहचालक सर्लाहीका करिव १९ वर्षीय बालकिशोर यादव रहेका छन् भने अर्का मृतकको परिचय खुल्न सकेको छैन।

          July 5, 2019 10:27 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...