रित गौतमको शतकमा नेपालले सिंगापुरलाई दियो ३२७ रनको लक्ष्य
रित गौतमको शतक र कुशल मल्लको विष्फोटक अर्धशतकमा एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत नेपालले सिंगापुरलाई ३२७ रनको विजय लक्ष्य दिएको छ ।मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रनको विशाल योगफल खडा गरेको हो ।सिंगापुरले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको साविक विजेता नेपालले यस खेलमा जित हासिल गरे समूह ए को विजेता बन्नेछ ।
ओपनर रित गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।ओपनर रित र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट भएपछि आएका खडगसँग मिलेर रितले १३१ रनको शतकीय साझेदारी गरी पारी उकासे । ४०औं ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट गर्न चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमसः १ र ७ रनमात्र जोड्न सके ।
पाँचौं नम्बरमा आएर कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले ३०० रनको योगफल पार गरेको हो । ४७.१ ओभरमा रितले १३१ बलमा शतक प्रहार गरे । उनले डीप स्क्वायर लेगमा चौका प्रहार गरी शतक बनाएका हुन् । रितले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेले ।कुशलले २३ बलमा ५१ रनको विष्फोटक अर्धशतकीय पारी खेले । पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेका हुन् । बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिए ।
July 5, 2019 12:33 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी