नखानुहोस् यी औषधि, जसले तपाईको यौन जीवन नै समाप्त
एजेन्सी- कतिपय यस्ता औषधि छन् जसले तपाईको यौन जीवनमा प्रभाव पारेको हुन्छ । जानिराखौँ यस्ता औषधिको बारेमा :
उच्च रक्तचापका औषधि : उच्च रक्तचापका औषधिले यौन जीवनलाई प्रभावित पार्न सक्छ । ब्लड प्रेसरका लागि प्रयोग गरिने जस्तो क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिन आदि यौन यच्छालाई कमी ल्याइदिन सक्छन् । बिटास्पेन, अल्फाबोटा, डोपाजिट जस्ता औषधिले यौनांग उत्तेजित हुने प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छन् । यी आौषधिले शरीरमा प्रोलकिटन नामक हर्मोन बढाएर पुरुषमा नपुंसता हुने खतरा बढ्छ ।
हर्मोन सम्बन्धि औषधि : हर्मोन सम्बन्धि औषधिले यौनजीवन प्रभावित पार्न सक्छन् ।एन्टी एन्ड्रोजनस् औषधि जस्तो साइप्रोटेरन र किटोकोनजाल शरीरमा टेस्टोस्टेरन हर्मोनको स्तर कम गर्न सक्छन् । जसका कारण पुरुष नपुंसकताको शिकार हुन सक्छन् । अनावश्यक थाइरक्सिन औषधिको सेवनले पनि यौनेच्छा घट्छ । एस्ट्रोजनको अत्याधिक प्रयोगले कामेच्छा र वीर्यको मात्रामा कमी ल्याउने समस्या देखिन सक्छ ।
दुखाइ कम गर्ने औषधि : एन्टिबाइटिक अर्थात् दुखाइ कम गर्ने औषधिले यौनेच्छामा कमी ल्याउने संभावना हुन्छ । यौनेच्छा बढाउने औषधि पेनकिलर्ससँगै लिँदा त धेरै प्रकारका साइड इफेक्ट देखिन सक्छन् । मार्फिन र कोडिन जस्ता दुखाइ कम गर्ने औषधिले यौन इच्छा समेत कम गर्छन् ।
दमको औषधि : दमका औषधिले पनि यौन जीवनमा प्रभाव पार्न सक्छ । यस्ता औषधिमा एफीड्रिन, इरब्युटालिन आदिका सिम्पेथोमिमेटिक परिणाम पुरुषको लिंगको उत्तेजनामा ह्रास आउन सक्छ । अल्सरको औषधिस् अल्सरको उपचारका लागि प्रयोग हुने औषधि जस्तो सिमेटिडिन, अल्टेक आदिको नियमित सेवनले यौन जीवन प्रभवित हुने संभावना हुन्छ । त्यसैगरी यौनांग उत्तेजित कम हुने संभावना पनि रहन्छ ।
एन्टीड्रिप्रेसन औषधि : लगतार एन्टिडिप्रेसनको औषधि प्रयोग गर्नुले पनि यौनेच्छामा कमी ल्याउन सक्छ । निद्राका लागि लिइने औषधि जस्तो, डायजापाम, कम्पोज आदिले पनि कामेच्छा कमजोर बनाउँछन् ।
July 5, 2019 2:49 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो