यसकारण सुत्ने समयमा घरको बत्ति निभाए पुग्छन् यस्ता अनगिन्ती फाइदाहरु
झापा । यदि तपाइँ अनिद्रा अर्थात इनसोमेनियाको लामो समयसम्म शिकार हुनुहुन्छ भने यसले तपाइँको उमेर कम गर्न सक्ने कुरा अध्ययनहरूमा देखिएको छ । धेरैजसो मानिसहरू यस्ता पनि हुन्छन जो आफ्नो निद्रा पुरा गर्दैनन र निद्रा लागेपनि काममा लागिनै रहने गर्दछन । मानिसहरूलाइ स्वस्थ रहनका लागी कम्तीमा ६ घण्टाको निद्रा आवश्यक हुने गर्दछ लामो समय सम्म निद्रालाइ रोकेर राख्नाले तपाइँ अनिद्राको शिकार हुन सक्नुहुन्छ ।
अध्ययनहरूमा के पाइयो भने लगातार निकै समय सम्मको अनिद्राले तपाइँको रगतमा मोटोपनको स्तरलाइ बढाउने गर्दछ । जसले मानिसहरूमा मुटु सम्बन्धी रोगहरूका साथै मधुमेह, क्यान्सर, डिमेन्शिया, मोटोपनका साथै तनाव जस्ता रोगहरूले समात्न सक्दछ । सुत्ने बेला तपाइले आफ्नो वरपरको वातावरणालाइ भने शान्त राख्नु पर्दछ । यदि नजिकको वातावरणमा तिव्र स्वर लगाएतका समस्याहरू छन भने ति कुराहरूलाइ बन्द गरेर आरामसंग सुत्ने कोशिश गर्नु पर्दछ ।
तपाइँ सुत्ने बिछ्यौना नरम र आरामदायी हुनु पर्दछ । जसले तपाइँ आरामसंग सुत्न सक्नुहुन्छ । किनभने यदि बिछ्यौना कडा भयो भने तपाइँ त्यहाँ आरामका साथमा सुत्न सक्नुहुन्न । जसका कारण तपाइँलाइ अनिद्राको समस्याले समात्न सक्दछ ।
सुत्ने बेला कोठाको बत्ति निभाउनु पर्दछ, किनभने यदि बत्ति बालेर सुत्नु हुन्छ भने आंखा पटक(पटक खुल्ने गर्दछ, जसले तपाइँ राम्रो संग सुत्न सक्नुहुन्न । यसैले अध्यारो कोठामा सुत्ने गर्नाले तपाइँले आरामको निद्रा पाउनु हुन्छ । मानिसहरूले निद्रालाइ धेरैनै महत्व दिनुपर्ने कुरा अनुसन्धानकर्ताहरूले बताएका छन ।
July 5, 2019 3:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने