Thursday 12th March 2026

आइफा अवार्डबारे निर्णय भइसकेको छैन, देशलाई फाइदा हुने देखिए आयोजना गर्छौं : प्रधानमन्त्री ओली

7 years अगाडी

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकारले आगामी वर्ष २० लाख पर्यटन भित्र्याउने योजनालाई असफल बनाउन आईफा अवार्डबारे गलत हल्ला चलाइएको टिप्पणी गरेका छन्। शुक्रबार समाजवादी पार्टीका नेताहरु नेकपा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आईफा अवार्डबारे गलत हल्ला फैलाइएको दाबी गरेका हुन्।

‘आईफा अवार्डबारे मन्त्रिपरिषदले गरेको निर्णयमा न्युन लागत, थोरै लागनीमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आईफा अवार्ड गर्न स्वीकृति दिन भन्ने थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्बौं खर्च गर्ने भनेर प्रचार गरियो। अहिले पनि त्यो विषयमा छलफल चलिरहेको छ। यस्तो अवस्थामा लौ देशको सर्वनाश भयो भनेर हल्ला पिटाएर नबुझिकन सरकारलाई निर्देशन दिन लगाइयो’

उनले आईफा अवार्डबारे निर्णय भइनसकेको उल्लेख गर्दै आईफा अवार्डले भ्रमण वर्षलाई फाइदा हुने देखिए आईफा अवार्ड आयोजना गर्ने बताए। ‘देशलाई घाटा हुनेगरी होइन देशलाई फाइदा हुने गरी आयोजना गर्नेर्छौं,’ उनले भने, ‘देशलाई फाइदा नहुने रहेनछ भने आयोजना गर्दैनौं।’आईफा अवार्डले देशकाे स्वाधिनतामा असर पार्ने भन्दै संसीय समितितले सरकारलाई आईफा अवार्ड आयोजना नगर्न निर्देशन दिएकाे थियाे।

          July 5, 2019 4:17 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...