Friday 6th March 2026

दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प

7 years अगाडी

एजेन्सी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार राति ८ बजेर १९ मिनेटमा ६.९ म्यागनिच्युटको भूकम्प गएको हो।

भूकम्पको धक्का मेक्सिकोमा पनि महसूस गरिएको थियो। यसअघि पनि शुक्रबार क्यालिफोर्नियको लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। उक्त शक्तिशाली भू–कम्पपछि स–साना परकम्प आइरहेका छन्।

          July 6, 2019 11:47 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...