पर्साको तेल उद्योगमा लागेको भीषण आगो नियन्त्रण भन्दा बाहिर ! ९० सुरक्षाकर्मी परिचालन
काठमाडौं । बिहानै देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । वीरगन्ज महानगरपालिका–२१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा भीषण आग*लागी भएको हो । शनिबार बिहान करिब दुईबजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आएको छैन । उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोगमा अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोको गरी पाँच वटा वारुण यन्त्रले प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आगो निभाउनका लागि नेपाल प्रहरीका ५२ जना, सशस्त्र प्रहरीका ३५ जना र नेपाली सेनाका २२ जना परिचालन गरिएको छ । विद्युत सर्किट सर्ट भएर उद्योगमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । आगो उद्योग बाहिर पनि फैलनसक्ने जोखिम भएकाले उद्योग आसपास घर भएका स्थानयीलाई सतर्क रहन आह्वान गरिएको छ ।
July 6, 2019 1:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत