बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सचेतना अभियान प्रचार प्रसार
असार, बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । गाउँपालिका स्थित स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान थालिएको बुद्धशान्ति गाउँपालिका स्थित स्वास्थ्य शाखाका सिअहेव अधिकृत दिपक सापकोटाले जानकारी दिए ।
पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा देखा परेको यस ज्वरो विरुद्ध कुनै खोप नरहेकोेले सचेत रहनु तथा यस रोगको लक्ष्यण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य चौकी जानुनै सबैभन्दा उपयोगी हुने सापकोटाले बताए ।

प्रचार प्रसारका क्रममा खटिएका कर्मचारी दिपेश भट्टराई
प्रचार प्रसारका क्रममा विभिन्न क्षेत्रका स्थानीयहरुले जनचेतना मुलक प्रचार प्रसार भन्दा पनि गरिब तथा विपन्न वर्गलाई झुल बाड्दा तथा डेंगु ज्वरो लाग्ने लाम्खुट्टेको विरुद्ध दबाई हान्नु पर्ने माग राखेको प्रचार प्रसारका क्रममा खटिएका कर्मचारी दिपेश भट्टराईले बताएका छन् ।
पहिलो चरणमा प्रचार प्रसार गरेर डेंगु ज्वरो विरुद्ध जनचेतना फैलाएको तथा आगामी दिनमा यस ज्वरो विरुद्ध थप प्रभावकारी कदम चालिने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताएका छन् ।
July 6, 2019 1:07 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री