

महिला संघको नेतृत्वमा आरजु हावी भएपछि देउवाको गृहजिल्लामा भाँडभैलो

नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा कलावती बोहरालाई मनोनय गरेपछि विवाद बाहिर आएको हो । यता कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गरेका छन् । सभापति मल्लले महिला संघ डडेल्धुराको विषयमा सामाजिक संजालका अनर्गल प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।
साथै उनले पार्टीको महत्वपूर्ण भागिनी संगठन नेपाल महिला संघ डडेल्धुरालाई खेलौना बनाउने प्रयास भइरहेको पनि जिकिर गरे । उनले जिल्ला कार्य समितिमा बोहराको मनोनयनबारे आधिकारिक जानकारी नआएको समेत रातोपाटीलाई बताए ।
यता नेपाल महिला संघले भने वर्तमान संयोजक कमला विष्ट नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसक्ने निष्कर्ष सहित बोहोरालाई संयोजकमा मनोनयन गरेको जनाएको छ ।संयोजकबाट हटाइएकी विष्टले भने अध्यक्ष अधिवेशन गर्न असक्षम भए त्यही कार्यसमितिको उपाध्यक्ष कसरी सक्षम भइन् भन्दै आक्रोश व्यक्त गरिन् । संघ अधिवेशनको तयारीमा जुटेका बेला केन्द्रबाट हुकुमी शैलीमा आफूमाथि अन्याय गरिएको उनको दाबी छ ।
रातोपाटीसँगको कुराकानीमा विष्टले भनिन् ,‘यहाँ हामी अधिवेशनमा जुट्दै थियौँ । माथिबाट हुकुमीशैलीमा मलाई बर्खास्त गरिएको पत्र बाहिर आयो । त्यसमा पनि महिला संघको केन्द्रीय समितिको निर्णय भनिएको छ । मैले केन्द्रीय समितिमा रहेका केही दिदीलाई सोधेँ बैठक बसेको कसैलाई थाहा छैन ।’ बोहरालाई सभापति देउवाकी पत्नी आरजु राणाको जोडबलमा केन्द्रीय अध्यक्ष उमा रेग्मीले मनोनयन गरिएको स्रोत बताउँछ ।
पछिल्लो समय देउवा पत्ती राणा र जिल्ला सभापति मल्लबीच निकै खटपट छ । डडेल्धुरा काँग्रेसमा लामो समयदेखि चर्को गुटबन्दी भइरहेको छ । महिला संघ विवाद पनि त्यही गुटबन्दीको परिणाम भएको जिल्लाका एक नेताले बताए । वर्तमान महिला संयोजक कमला विष्ट मल्ल पक्षकी हुन् भने बोहोरा पूर्व जिल्ला सभापति रघुवर भट्ट निकट मानिन्छन् । भट्टलाई देउवापत्नी राणाको बलियो समर्थन रहेको बताइन्छ ।
July 6, 2019 2:56 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

