एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : उपाधि जित्न नेपाललाई ९६ रनको सामान्य लक्ष्य
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्न नेपाललाई हङकङले ९६ रनको चुनौती दिएको छ । टस हारेर पहिला ब्याटिङ गर्न आएको हङकङका व्याट्सम्यानहरु नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रनमात्रै बनाउन सक्यो । नेपाली युवा लेगस्पिनर सागर ढकालले हङकङको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाउन सफल भए । पहिलो ओभरमै मेडन विकेट लिएका सागरले ५ विकेट लिए ।
पहिलो र दोस्रो विकेटको साझेदारी सागरले शून्य रनमै तोडेका थिए । तेस्रो विकेटका लागि भने हङकङले २९ रनको साझेदारी गरेको थियो । अदित गोररा र कालन मार्क चालुले यो साझेदारी गरेका थिए । तर चालुलाई टिमको स्कोर २९ रन हुँदा सागरले नै व्यक्तिगत तेस्रो सिकार गरे । चालु जम्मा १९ रन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गर्दै नेपाली फिल्डरमाथि दवाव बनाउने प्रयास गरेका थिए ।
त्यसपछि चौथो विकेटको साझेदारी पनि शून्यमै तोडियो । चौथो विकेटको रुपमा सागरले आरुस भागवतलाई खाता खोल्न नदिइ पेभेलियनको बाटो देखाए । पाँचौं विकेटको रुपमा अदित गरोरा र मेहरनकाबीचमा १८ रनको साझेदारी भयो । यो साझेदारीलाई पनि सागरले नै तोडे । उनले मेहरनलाई आउट गरेका हुन् । सुरुका पाँचै विकेट सागरको नाममा रह्यो ।छैटौँ विकेट भने तिलकराज भण्डारीले लिएका थिए । भण्डारीले व्यक्तिगत पहिलो भए पनि टिमका लागि भने छैटौँ सफलता थियो ।अरोरा हङकङबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् उनी सर्वाधिक २४ रन बनाएका बेला भण्डारीको बलमा कप्तान रोहितको हातबाट क्याच आउट भए ।
टिमका लागि सातौं सफता कमलसिंह ऐरीले दिलाए । उनले मोहम्मद हसन खानलाई आउट गरेका हुन् । आठौं सफलता पनि ऐरीकै नाममा रह्यो । हङकङको स्कोर ७० रन हुँदा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट खर्चिएको थियो । अन्तिममा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङको टिम ९५ रनमा पुगेको थियो । नेपालका सागर ढकालले ५ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक–एक विकेट लिए ।
July 9, 2019 11:45 am | खेलकुद