भयो अचम्म : काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन, ढल उठाउन हारालुछ हानाहान
काठमाडौ । नालीबाट निकालिएको हिलो किन्नका लागि झगडा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर) किन्न मारामार हुन्छ । र कहिले त झगडा नै पर्ने गरेको छ ।
न्युरोडको नालीमा अवरोध आएको सूचना पाउनेबिक्तिकै हूलका हूल आएर हिलो ओगट्ने क्रम चल्छ । केही समयअघि ढल खोतल्दै गर्दा हिलो लिनका लागि कुटाकुट नै भयो अवरोध खुलाउन खटिएका माइला तामाङ भन्छन् महिला पुरुषदेखि बालबालिकासम्म हारालुछ गर्छन्, कतिले पैसा दिएर लान्छन्, कतिले थाहै नदिई राति उठाउँछन् ।
न्युरोडभित्रका ढलको अवरोध खुलाउने ठेक्का मकवानपुरका हर्क तामाङले गर्दै आएका छन् । उनको भाइ माइलासहित केहीले ढल खोतल्छन् र फोहोर बाहिर निकाल्छन् । सय बोरा निस्किएको थियो, राति नै लगेछन् माइलाले भने थाहै नदिई लगेछन्, पैसा नदिने भए फिर्ता ल्याऊ भनेर फोन गरेँ । उसले हेरुँ कति फाइदा हुन्छ भन्ने जवाफ दियो ।न्युरोडका नालीमा सुन बग्ने कारणले ढलका फोहोर खोसाखोस हुने उक्त क्षेत्रका वडाअध्यक्ष चिनीकाजी महर्जन बताउँछन् ।
देशको सबैभन्दा धेरै सुनको कारोबार हुने काठमाडौं महानगरपालिका २२ स्थित न्युरोड गेटदेखि जुद्ध सडक आसपासका नालाबाट निस्किएको फोहोर उठाउन हारालुछ हुने उनले बताए ।उक्त क्षेत्रमा करिब दुई सय सुन पसल भएको अनुमान महिला वडासदस्य रश्मिला मल्लले गरिन् ।महानगरभित्र सुन कारोबार हुनेमध्ये ८६ प्रतिशत वडा नम्बर २२ भित्र पर्छन् ।’ त्यसैले ढलहरू जाम हुनेबित्तिकै फोहोर उठाउन मानिसको लर्को लाग्छ’ ।
फोहोर उठाउने कार्यमा बढीजसो भारतका बंगालीहरू हुने गरेको वडासदस्य चन्द्रमान तुलाधरले बताए ।यहाँ त सुन पसलअघिको फोहोरसमेत बिहानै बढारेर लान्छन् उनले भने नालीको फोहोर पैसामा कारोबार हुन्छ तर ठेक्कामार्फत ढलको जाम खोल्न लगाइने हुँदा कारोबारमा वडा कार्यालयलाई सरोकार हुँदैन ।
सुन पसल र कारखाना वरपरबाट उठाइएको नालीको हिलो र पसलबाट निस्कने फोहोरलाई विभिन्न विधिबाट सुन खोजिन्छ । त्यस्ता कारोबार गर्नेहरूले फोहोरको प्रकृति हेरेर पखाल्ने, छान्ने, डढाउने तरिका प्रयोग गर्छन् । निकै कठिन र होसियारीपूर्वक काम गर्दा केही मात्रामा सुन आउन सक्ने र त्यसैबाट गुजारा चलाउने गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
July 9, 2019 12:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता