पब्जी खेल्न नजान्ने श्रीमान परेपछि श्रीमतीले मागिन् सम्बन्ध विच्छेद
अहिले पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् । पब्जी खेल अहिले पछिल्लो पुस्तामा निकै लोकप्रिय भैरहेको छ । पब्जीकै कारण भारतमा अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ ।
गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो । अहिले फेरि गुजरातमै पब्जीको लत लागेकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी छिन् । पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक हो ।
अहमदाबादमा रहने १९ वर्षीया महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी हुन् । उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि छिन् । ती महिलाले राज्यको महिला हेल्पलाइन ९१८१० मा फोन गरेकी थिइन् । उनले पतिसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेकी छिन् । रिपोर्टका अनुसार, ती महिला एक प्रतिष्ठित परिवारसँग सम्बन्धित छिन् ।
उनी आफ्नो फैसलाप्रति अडिग छिन् र यो फैसलाका पछाडि घरेलु विवाद नरहेको पनि उनले बताएकी छिन् । ‘१८ वर्षको उमेरमा उनको एक निर्माण व्यवसायीसँग विवाह भएको थियो र उनी चाँडै नै एउटी बालिकाको आमा बनिन्’ काउन्सलरले भने । पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् । एजेन्सी
July 9, 2019 12:39 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने