

फेला पर्यो दुनियाँले नै लक्की मान्ने तीन आँखे नाग देवता

एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सार्वजनिक गरेका छन् । ‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ । यसलाई विश्वकै मानिसले लक्की (भाग्य) को पहिलो स्वरुप मान्दछन् । यि सर्पलाई साक्षत नाग देवतापनि मानिन्छ । यसलाई देख्नेको भाग्य चम्किने विश्वकै मानिसको विश्वास रहेको छ ।
उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प नाग प्रजातिको हो । तर, भेटिएको केही सातामै सर्प मरेको थियो । विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन् । पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो । सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखिएको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो ।
July 9, 2019 1:11 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

