‘कराेडाैंकाे भ्रष्टाचार गर्ने योजना तत्कालै बन्ने तर विषादी परीक्षण गर्ने स्थल छैन भन्न मिल्छ?’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेता तथा सचेतक पुष्पा भुसालले राज्यले गोली हान्ने र विष खुवाएर जनताको स्वास्थ्यमा हानि पुर्याउने काम गरेको आरोप लगाउनुभएको छ । मंगलबार संसद बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै विषादीयुक्त तरकारी र फलफूल परीक्षण नगर्ने निर्णय र गैरन्यायिक भएको बताउनुभएको हो ।त्यसको जवाफ सम्वन्धित मन्त्रालयका दुई मन्त्रीले दिनुपर्ने माग समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले सुरक्षा माग्दा गोली हानी हत्या गरियो। राज्यले यस्तो अधिकार कसले दियोरु जनतालाई सरकार किन माया गर्दैनरु विषादीयुक्त तरकारी र फलफूल खान किन बाध्य गर्दछ ?’
उहाँले ‘मन्द विषपान गराएर जनसंख्या घटाउने लक्ष्यमा सरकार लागेको हो?’ भनेर समेत प्रश्न गर्नुभयाे । उहाँले प्रधानमन्त्री झुट नमिल्ने पनि बताउनुभयाे । ‘विदेश नियोगबाट आएको पत्र प्रधानमन्त्रीलाई थाहा हुँदैन?, प्रधानमन्त्रीले सफेद झुट बोल्न मिल्छ? कसको पत्र, कहाँवाट भनेर प्रश्न गर्न मिल्छ?’ उहाँले भन्नुभयाे । उहाँले विषादी परीक्षण गर्ने स्थल छैन भन्न नमिल्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे-‘देशको ढुकुटीमा भ्रष्टाचार गर्ने करोडौंका योजना तत्कालै बन्ने तर विषादी परीक्षण गर्ने स्थल छैन भन्न मिल्छ? ’
July 9, 2019 1:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता