संसारकै धनी श्रीमती ती हुन् जोसँग ईमानदार, मेहनती र निस्वार्थ माया गर्ने श्रीमान हुन्छ -हिमानी
काठमाडौं। केही दिन यता पूर्व युवराज्ञी हिमानी शाहले लेखेका स्टाटसले सवैको ध्यान केन्द्रित गरेको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा निकै भावूक र मर्मस्पर्शी भनाइ राख्दै आएकी छिन् । मंगलबार उनले लेखेको एक स्टाटसले सबैको ध्यान खिचेको छ । उनले श्रीमान्लाई केन्द्रीत गरेर लेखेको स्टाटसको खुबै चर्चा छ । उनको यो गम्भीर भनाइलाई लिएर उनका फ्यानहरुले विभिन्न क्रिया प्रतिक्रिया जनाएका छन् । १२ हजार भन्दा बढीले लाईक गरेका छन् भने ४ सय ४० बढी कमेन्ट गरिएका छन् । त्यस्तै ५ सय बढीले सेयर गरेका छन् ।
हिमानीले लेखेको स्टाटसमा केहीले प्रेरणादायी ओजस्वी वचनका लागी साधुवाद लेखेका छन् भने केहीले सत्य वचनको हार्दिक स्वागत, हार्दिक शुभकामना समेत लेखेका छन् । उनको लेखाई आफ्ना श्रीमान् पारस शाहप्रति केन्द्रीत त हैन भन्नेपनि लेखिएको छ । पारस राम्रो छवि नभएको भन्दै आलोचित पात्र रहेका बेला उनको स्टाटसलाई निक्कै अर्थपूर्ण तरिकाले हेरिएको छ । त्यसो त केही दिन अघि उनकी छोरी पूर्णिका शाहले पनि हजुरबुबा अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मनछुने कविता समेत लेखेकी थिइन् । उनका केही स्टाटस यस्ता छन् ।
संसार कै धनी श्रीमती ती हुन् ”
जो सँग असल, ईमानदार, मेहनती र
निस्वार्थ माया गर्ने श्रीमान हुन्छ !!
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत