Friday 22nd November 2024

मोटोपन घटाउने दुनियाँ नै चकित हुने सहज तरिका पत्ता लाग्यो

5 years अगाडी

अहिले मोटोपना कम गर्नका लागि मानिसहरु विभिन्न तरिका अपनाउने गर्छन् । मोटोपन कम गर्ने कुरामा धेरै त सफल हुन सक्दैनन् । तर एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पनि घटाउन सकिने खुलासा भएको छ । सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविकता हो । एशियन वनमा प्रकाशित एक रिपोर्ट अनुसार रुँदा हाम्रो शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ ।

शरीरमा यो हर्मोनको स्तर बढ्दा तौलमा कमी आउँछ । दोस्रो, स्ट्रेस लेभल बढेपछि जब हामी रुन्छौं तब आँसुमार्फत् विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने जुन तौल बढ्नका लागि जिम्मेवार हुन्छ । शोधमा पत्ता लागेअनुसार जसको आँसु निकै मुश्किलले झर्छ उनीहरुका लागि तौल घटना निकै मुश्किल पर्ने गर्छ ।

अर्को एउटा रोचक कुरा के हो भने रोएको नाटक गर्दा यसले तौल कम गर्न कुनै सहयोग गर्दैन । शोधमा दिएको जानकारी अनुसार मानिसका तीन प्रकारका आँसु झर्छन्  बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु धेरैजसो खुसीका कारण झर्ने गर्छ जबकी रिफ्लेक्स आँसु चुरोटको धुँवा वा प्रदुषणका कारण निस्कने गर्छ । साइकिक आँसु भने मानिसहरुले भावनामा बगेपछि झार्ने गर्छन् र यही आँसु झरेको खण्डमा मात्रै तौल कम हुन्छ ।

बेलुका ७ बजेदेखि राती १० बजेको बिचमा रुँदा तौल तीब्र रुपमा घट्ने बताइएको छ । यो यस्तो समय हो जब मानिसहरुको नेगेटिभ इमोशन सबैभन्दा बढी हावी हुन्छ । रुँदा मानिसहरुको शरीरमा भएको क्यालोरी तीब्र रुपमा बर्न हुने जानकारी यसअघि पनि प्रकाशित भइसकेको छ । एजेन्सी

          July 10, 2019 10:20 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...