

बिहानै भयानक बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाइते

झापा । ओखलढुङ्गामा बिहानै बस दुर्घटना भएको छ । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। मृतकहरूको सनाखत भएको छैन। बुधबार बिहान ३:१५ मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको पहलमा उद्धार जारी राखेको प्रहरीले जनाएको छ।अपडेट : मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ
झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बसका चालक झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलुदूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका–१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ।
July 10, 2019 10:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

