

भोजपुरमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान केही प्रहरी हताहती भएको आशंका

भोजपुर : भोजपुर सदरमुकामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा केही प्रहरीको हताहत भएको आशंका गरिएको छ । भोजपुर सदरमुकाको शनिबारे हटिया लाइनमा बुधबार बिहान गोली चल्दा केही प्रहरी जवान हताहत भएको स्थानीयले बताएका हुन् ।
त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। ज्यान जानेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि भिडन्त भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।
घटना बुधबार बिहान करिब सवा आठबजेतिरको हो । स्थानीयले प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएको बताए पनि यसको आधिकारीक पुष्टि भने भएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले गोली चलाउने समूहको खोजी जारी राखेको छ ।
July 10, 2019 10:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

