Friday 6th March 2026

भारतले अमेरिकी उत्पादनमाथि लगाएको कर मान्य हुँदैन, फिर्ता लिनुपर्छः अमेरिकी राष्ट्रपति ट्रम्प

7 years अगाडी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको नीतिलाई लिएर असन्तुष्ट छन् ।ट्रम्पले फेरि एक पटक भारतीय नीतिको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतलाई निशाना बनाउँदै अमेरिकी उत्पादनमाथि भारतले लगाउने कर अब मान्य नहुने बताएका छन् । यद्दपि ट्रम्पले यो विषयमा अरु कुनै जानकारी नदिए पनि भारतले अमेरिकी उत्पादनमाथि कर नहटाएमा नयाँ कदम चाल्ने बताएका छन् । ट्रम्पले भारतविरुद्ध आगामी दिनमा ठोस कदम उठाउन सक्ने बताइएको छ ।

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाउँदै आएको छ । अब यसलाई सहन सकिँदैन ।’गएको जुन महिनाको सुरुवातमा जी–२० बैठकभन्दा अघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भारतले अमेरिकी उत्पादनमा लगाएको २८ प्रतिशत कर फिर्ता लिन भनेका थिए ।त्यसपछि प्रधानमन्त्री मोदी जी–२० बैठकमा सहभागिता जनाउन जापानको ओसाका पुगेका थिए र त्यहाँ दुई नेताबीच भेटघाट भएको थियो ।

ट्रम्पले भनेका थिए, ‘म भारतीय प्रधानमन्त्री मोदीसँग यो विषयमा कुरा गर्नेछु । भारतले अमेरिकी उत्पादनमाथि भारतीय बजारमा भारी कर असुलिरहेको छ । यतिमात्र नभई भर्खरै कर बढाएको छ । यो पूर्णरुपमा अस्वीकार्य छ, भारतले तुरुन्त फिर्ता लिइयोस्।’गएको १ जुनमा अब अमेरिकाले भारतसँगको कारोबारमा विशेष छुट फिर्ता लिएको थियो तब भारतले आफ्नो बजारमा अमेरिकी उत्पादनमा २८ प्रतिशत कर लगाउन सुरु गरेको थियो । ट्रम्प ‘अमेरिका फर्स्ट’ नीति लिएर हिँडिरहेका छन् । अर्थात् पहिला अमेरिकाको हित अनि मात्र बाँकि अरु चिज ।

          July 10, 2019 12:40 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...