शिल्पा–छविको सम्बन्धमा ठुलो संकट, छविराजमाथि शिल्पाले लगाईन् यस्ता गम्भीर आरोप
काठमाडौं । ठुलो उमेर अन्तर भएपनि निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको जोडी दर्शकलाई खुबै मन परेको थियो । तर अहिले बाहिर आएको खबरले सबैलाई चकित बनाएको छ । श्रीमान विरूद्ध पत्नी पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएको खुल्न आएको छ । उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ ।
अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेको बताइएको छ । तर उनीहरुले विवाहबारे खुलेर कहिल्लै भन्न चाहेका थिएनन् । तर, गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए । उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ ।
उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ । तपाईलाई जानकारी गराउँ शिल्पाको पनि यो दोस्रो विवाह हो । श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन् । छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी छिन् ।
July 10, 2019 2:21 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप