मलेसिया विरुद्धको टी– २० सिरिजमा हुने छैनन् दिपेन्द्रसिंह ऐरी
6 years अगाडी
Susma Dhakal
नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले मलेसिया विरुद्धको टी– २० सिरिज गुमाउने भएका छन् । प्रधानमन्त्री कपमा हातको औंलाको चोटका कारण पछिल्लो पटक राम्रोसँग ब्याटिङ र बलिङ गर्न नसकेका दिपेन्द्र अझसम्म पनि पूर्ण रुपमा फिट छैनन् । ऐरीको फिल्डिङका क्रममा बाँया हातको माझी औंलामा चोट लागेको थियो । अहिले उनी सामान्य रुपमा ब्याटिङको प्रशिक्षण गरिरहेका छन् ।
सिंगापुरमा हुने प्रतियोगितासम्म उनी ठिक हुन सक्ने भन्दै टिममा भने राखिएको छ । यू–१९ टिमका पूर्व कप्तान दिपेन्द्र राष्ट्रिय टिमका मुख्य सदस्यका रुपमा रहदै आएका छन् । नेपाली टिमले मलेसियाविरुद्ध दुई वटा खेल खेलेपछि सिंगापुर जानेछ ।सिंगापुरमा नेपालले विश्वकप छनोटमा स्थान बनाउन कतार विरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ ।
July 11, 2019 1:20 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...