

भारि बर्षाका कारण टेकु पुलमूनि बाढीमा डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी
6 years अगाडी
Susma Dhakal

काठमाडौंमा तीन दिन देखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भएको छ । अविरल वर्षाले विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीका कारण नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। शुक्रवार उनी सो सडकखण्डमा थिए । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा उनको गाडी फसेको हो । गाडीमा कोइराला आफै सवार थिए ।
त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी बाढीमा फसेपछि उनी गाडीवाट उत्रिएका थिए । उनी केहीबेर नजिकैको चिया पसलमा अलमलिएका थिए ।कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जान लागेका थिए । लगातारको वर्षाले सिंहदरवारको पर्खाल समेत भत्किएको छ । पर्खाल भत्किदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
July 12, 2019 3:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग
Loading...

