बाढीले अधिकांश सडक अवरुद्ध, कहाँको अवस्था के छ ?
काठमाण्डौ – वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । कतै बाढीले पुल बगाएको छ भने कतै पहिरोका कारण सडकहरु अवरुद्ध भएका छन् ।महोत्तरीको बर्दिवासमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको भप्सी खोलाको पुल बाढिले बगाएपछि वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन सञ्चालनमा ल्याइएको छ । यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ को महेन्द्र राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । यस्तै बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ को पिप्लेनजिक पहिरोका कारण बाटो बन्द भएको छ ।
म्याग्दीको बेनी-जोमसोम बाटो पनि बन्द भएको छ । मुस्ताङको थासाङ गाउँपालिका लेते नजिकै गएको पहिरोले सडक बन्द भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । जोमसोम, मुक्तिनाथ जाने यात्रु रोकिएका छन् । सडक खुल्न भने केही दिन लाग्ने मरासिनीले बताउनुभएको छ ।
काठमाण्डौबाट दक्षिणकाली हुदै हेटौँडा जाने फाखेल र सिस्नेरीको बाटोमा पनि गाडी चल्न सकेका छैनन । मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी खोलानजिक पहिरो आउँदा फाखेल हुँदै काठमाण्डौ आउने सडक खण्ड पनि अबरुद्ध भएको छ । त्यस्तै धादिङको नौबिसेदेखि हेटौँडा जाने त्रिभुवन राजपथमा नौबिसेभन्दा दुई/तीन किलोमिटर हेटौँडा जाने बाटोमा रुख ढलेर बाटो अबरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडक खण्डमा भने गाडी बिनाअवरोध चलिरहेको प्रहरीले जनाएको छ ।
मनाङको नासो गाउँपालिका-१ म्यादी खोलामा पानीको बहाव बढेपछि बेसीशहर–मनाङ सडकखण्ड अवरुद्ध भएको छ ।ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ को सिद्धिचरण राजमार्ग पनि बाढीले अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिकाको बेत्रावती मैलुङ स्याफ्रुबेशी सडक खण्डमा पहिरो आएपछि अवरोध भएको छ ।निरन्तरको वर्षासँगै सडकमाथिबाट पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।
मेची राजमार्गअन्तर्गत राँके– फिदिम सडकखण्डको फाल्गुनन्द गाउपालिका–३ को पाँग्रेभीरमा शनिबार बिहान ९ वजेको समयमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।नेपाल प्रहरीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउने र सवारी आवागमनमा सहजता ल्याउने काम भैरहेको छ । त्यस्तै वैकल्पिक बाटाेकाे प्रयाेग गरेर भए पनि यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउने काम भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
July 13, 2019 1:54 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता