आगलागीमा परी कुवेतमा तीन जना नेपालीको ज्यान गयो
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको ज्यान गएको छ ।शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो ।प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उहाँले बताउनुभयो । मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ।
अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भए/ नभएकोबारे अहिले पुष्टि नभएको पनि मगरले जानकारी दिनुभयो । ‘हामीले जानकारी संकलन गरिरहेका छौं, तर घाइतेबारे जानकारी पुष्टि भएको छैन’ उहाँले भन्नुभयो । मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।
July 14, 2019 1:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...