

आगलागीमा परी कुवेतमा तीन जना नेपालीको ज्यान गयो
6 years अगाडी
Susma Dhakal

काठमाण्डौ – कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको ज्यान गएको छ ।शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो ।प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उहाँले बताउनुभयो । मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ।
अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भए/ नभएकोबारे अहिले पुष्टि नभएको पनि मगरले जानकारी दिनुभयो । ‘हामीले जानकारी संकलन गरिरहेका छौं, तर घाइतेबारे जानकारी पुष्टि भएको छैन’ उहाँले भन्नुभयो । मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।
July 14, 2019 1:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग
Loading...

