धोनीलाई क्रिकेटबाट सन्यास लिन दबाब !
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको आलोचना पछिल्लो समय बढ्दै गएको छ । उनलाई अहिले क्रिकेटबाट सन्यास लिन सित्तैमा सल्लाह दिनेको भीड पनि धेरै छ तर केही समर्थकहरु भने धोनीको पक्षमा रहँदै सन्यास लिन दबाब दिनुको साटो उनले भारतीय टिममा गरेको योगदानको कदर गर्दै अन्तिम निर्णय लिने अधिकार धोनीमाथि छाड्नु पर्नेमा जोड दिइरहेका छन् ।
धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गर्नुपर्ने सबै उपलब्धि हासिल गरेकाले उनले आफैँ सन्यास लिन दिनु पर्ने उनीहरुको तर्क रहेको हो ।टाइम्स अफ इण्डियाका अनुसार इंग्ल्याण्ड विश्वकपमा उनको ब्याटिङका कारण पनि भारतीय टिम पराजित भएको आरोप लगाउँदै टिम छनोट समितिका संयोजक एमएसके प्रसादले धोनीलाई अब टिमबाट बाहिर राख्नु पर्ने संकेत गरेका थिए ।
एमएसके प्रसादका अनुसार धोनीको खेलबाट आफूहरु आश्चर्यमा परेको भन्दै धोनीको प्रदर्शन इतिहासमै कमजोर रहेको छ । धोनीबाट अब आक्रामक ब्याटिङ आशा गर्न नसकिने भएकाले अब युवा खेलाडीहरुलाई मौका दिनु पर्ने बेला आएको उनको भनाइ थियो । भारतले अब वेस्टइण्डिजविरुद्धको सिरिज खेल्दै छ । यो सिरिजका लागि शुक्रबार हुने टिम छनोटमा धोनी पर्ने सम्भावना एकदमै न्यून रहेको बीसीसीआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
July 16, 2019 1:16 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी