तनाबमा आए बाबु,यी युवतीले दलित केटा भगाईन्, अदालतमा गएर विवाह गरिन्
काठमाडौं । अहिले भारतमा सर्वाधिक चर्चामा रहेकी यी साक्षी मिश्रा जसका पिता राजेश मिश्रा भारतीय जनता पार्टीका विधायक हुन् । उनले आज भन्दा झण्डै २ हप्ता पहिले भागेर एकजना दलित (अजितेश कुमार) सँग विवाह गरिन् । अहिले आफ्नै पिताबाट ज्यानको खत्तरा भएको भन्दै सुरक्षा माग्दै हिडेकी छिन् ।
अहिले भारतमा सबैभन्दा चर्चाको विषय पनि यही बनिरहेको छ । यीनिहरुको उमेर अन्तर ७ वर्ष रहेको छ । साक्षी २२ वर्षकी र अजितेश २९ वर्षका भएका छन् । लामो समय छात्रावास (होस्टल) बसेकी साक्षीको अजितेशसँग झण्डै एक महिना भन्दा लामो समय प्रेम सम्बन्ध बसेको थियो ।
उनी हालैं आफ्ना बुवा बिरामी आमाको उपचार गर्न गएको र भाई केही काम विशेषले घर बाहिर भएको मौका पारेर ३ जुलाईमा भागेकी थिईन् । अहिले उनीहरु सुरक्षा माग्दै अदालतको ढोकासम्म पुगेका छन् । उनीहरुको कोर्ट म्यारीज हो । पत्रकारिता पढाई गरेकी साक्षीले ति युवक (अजितेश) लाई भगाएको धेरैको अनुमान रहेको छ ।
सन्तानलाई दिनुपर्ने समय परिवारले अर्को तिर लगायो भने के हुन्छ ? भन्ने यो पछिल्लो उदाहारण हो । हरेक अभिभावकले सन्तानलाई दबाउन खोज्नु भन्दा उ सँग एक साथिको व्यवहार गर्न सक्यो भने गजब हुन्छ होला ।
July 16, 2019 1:54 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप