

युएईमा रहेका कामगर्ने नेपालीले श्रीमती, आमाबुवा, छोराछोरी लान पाउने दुतावासले पनि जारि गर्यो यस्तो विज्ञाप्ति

युएई । युएईमा रहेका नेपालीहरुले आफन्तलाई बोलाउँदा दुतावासले दिने एनओसी सर्टिफिकट अब नपाउँने भएका छन् । युएईमा बस्ने नेपालीहरुले परिवारका सदस्यलाई युएई बोलाउँदा नेपाली दूतावासवाट अब्जेक्सन सर्टिफिकेट (एनओसी) को सर्टिफिकट लिनुपर्ने प्रावधान थियो । त्यो सर्टिफिकट दिने कामवाट दुतावास पन्छिएको छ । छोरी छोरी युइएमा भएका आमाबुवा वा आफन्त भिजिट भिषामा युएई जाँदा दुतावासवाट एनओसी सर्टिफिकट लिनु पर्ने प्रावधान यसअघि थियो ।
दूतावासले आइतबार एक सूचना प्रकाशित गरेर सोमबारदेखि एनओसी जारी नगर्ने निर्णय गरे पछि धेरै नेपालीले यसको विरोध गरेका छन् । दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले सो कुराको पुष्टि गरेकी हुन् । युएईमा बस्ने नेपालीहरुले आफन्तलाई युएई भ्रमणमा बोलाउन भिजिट भिसा एप्लाई गर्दा पनि दूतावासमार्फत एनओसी लिनुपर्ने आवश्यकता थियो । युएईमा रहेकाहरुले नजिकका नातेदार श्रीमान, श्रीमती, आमाबुबा सासु, ससुरा र छोराछोरीलाई बोलाउँदा दूतावासवाट एनओसी सर्टिफिकट लिनुपर्ने प्रावधान थियो ।
अब भिजिट भिषा प्राप्त कागजातलाई नेपालमा अध्यागमन विभागले जाँच गरेर पठाए पछि दूतावासले त्यसैका आधारमा भिषा दिने भएको छ । जसमा अब दलाल मार्फत गएका सर्टिफिकटले मान्यता पाउने भएका छन् । यहि प्रावधानको सामाजिक सञ्जाल र युएइमा बस्ने नेपालीहरुले विरोध गरेका हुन् । दलाल मार्फत जाने भिजिट भिषाका नेपालीहरु ठगीमा पर्ने भन्दै युएइमा बस्ने नेपालीले विरोध जनाएका हुन् । ‘सरकारले सम्बन्धित निकायमार्फत आगामी दिनदेखि एनओसी जारी नगर्नु भनेर निर्देशन पठाएसकेको दुतावासले जनाएको छ हामीले सोहीअनुसार सोमबारदेखि नगर्ने निर्णय गरेको हो । तर दूतावासले एनओसी जारी नगर्ने भनी गरेको निर्णयको सामाजिक संजालमा व्यापक आलोचना भएको छ। युएइमा कार्यरत कामदारहरुले पनि यो निर्णय गलत भएको र यसले दलाललाई पृष्ठपोषण गरेको भन्दै विरोध जनाएका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

