महिलाले चाहिनेभन्दा धेरै पढेपछि
काठमाडौं। पढाइको कुनै सीमा हुँदैन । विश्वविद्यालयको डिग्रीको सीमा भए पनि ज्ञान असीमित हुन्छ र कहिल्यै पढाइ पूरा भयो भन्ने दिन आउँदैन । तर, उक महिलालाई भने उनको पढाइ चाहिनेभन्दा धेरै भएका कारण समस्या परेको भारतीय मिडिया आजतकले लेखेको छ । यी महिला भारतको चेन्नइकी हुन् । यी महिलालाई अदालतले पनि न्याय दिएन ।
महिलाले चेन्नइ मेट्रो रेल लिमिटेडमा जागिरको लागि निवेदन दिएकी थिइन् । उनले ट्रेन अपरेटर, स्टेशन कन्ट्रोलर, जुनियर इन्जिनियर पदका लागि आवेदन दिएकी थिइन् । तर, उनको योग्यता चाहिने भन्दा बढी भएको भन्दै आवेदन खारेज गरियो । यो निर्णयलाई चुनौती दिँदै उनले अदालतमा निवेदन दिइन् । तर, अदालतले पनि उनको निवेदन ‘उनको योग्यता आवश्यकताभन्दा बढी भएको’ भन्दै खारेज गरिदियो ।
यी सबै पदका लागि शैक्षिक योग्यता इन्जिनियरिङमा डिप्लोमा निर्धारण गरिएको थियो । ती महिला भने बीइ ग्रयाजुएट हुन् । महिलाले १ फेब्रुअरी २०१३ मा जागिरका लागि आवेदन दिएकी थिइन् । सोही वर्षको ३१ मार्चमा भएको अनलाइन परीक्षा उनले सफलतापूर्वका पास गरिन् । यो पदको लागि न्यूनतम योग्यता डिप्लोमा थियो तर महिलासँग इन्जिनियरिङको डिग्री थियो । यो पदका लागि भएको विज्ञापनमा अधिक योग्यता भएका व्यक्तिले आवेदन दिन नपाउने उल्लेख थियो ।
July 17, 2019 11:25 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने