Monday 21st July 2025

२२ महिने यी बाबुका चुडिएको दुईवटा औला मेडिसिटीले जोडेर असंख्या खुशी फर्कायो

6 years अगाडी

काठमाडौ । २२ महिने बालकको मोटरसाईकलको चेनमा परि २ वटै औला चुडिएका थिए । एकै छिनमा दुधे बाबु र आफन्तको खुशी खोसिएको थियो । अब लाग्दैन की भनेर सबैको होस हवास उडेको थियो । कपडामा पोक्याएर दुबै औला लिएर अस्पताल पुगेका थिए । नेपाल मेडिसिटी अस्पतालमा दुईवटा औला नै जोडिएपछि असिमित खुशी छाएको छ

करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए । चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसंचार रोकिइ सकेको थियो । दूर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ । उहाँका अनुसार चोरी औला तल्लो भगवाट चुुडिए पनि अन्य औला भन्दा यो सुरीक्षत रहेको थियो ।

यो कसरी सम्भव भयो
सर्वप्रथम चोरी औलालाई काटियो र रिप्लान्टेसन शुरु गरियो । त्यसपश्चात, औलाको नसा (फ्लेक्जोर टेन्डोन) संग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुरु गरियो । माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन । यो अस्पताल तथा चिकित्सकहरुका निक्कै लागि चुनौती थियो । तर पुरा भयो । जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नुपरेको थियो ।

काटिएको भन्दा पनि पेलिएको घाँउ भएकाले रिप्लान्टेसन कठिन बनेको थियो । तर सबै कुराले साथ दिएकाले सफल भयो । औलाको प्रत्यारोपण दूर्घटना ६ घण्टा भन्दा पछाडि पनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने, टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक भयो । यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे समयमै जानकारी हुँदा घाईतेका अभिभावक समयमा नै आइपुगे ।

उपचारमा संलग्न चिकित्सकहरुमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए । यस किसिमका शल्यक्रियाहरु गर्दा साधारणतया ६ देखि १० घण्टासम्म समय लाग्छ । निकै चुनौतिपूर्ण भएपनि यी शल्यक्रियाहरु विश्वभर रुचाइन्छन् । यसैले अहिले यो चिकित्सक टीमलाई र हराएको खोसिएको खुशी पाएका बाबुलाई दुनियाँभरबाट बधाई दिँदै यो खबर सेयर भइरहेको छ ।

          July 17, 2019 12:18 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...