सिल्पाको पनि दोश्रो बिवाह : पहिलो श्रीमान बारे यस्तो खुलासा (भिडियोसहित)
काठमाडौँ– निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवादको बिषय पछिल्लो समय मिडियामा मसला बनेको छ । घरेलु हिंसाबाट सुरु भएको विवाद डिभोर्ससम्म पुग्ने चर्चा छ । छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद अझै सुल्झिएको छैन । केही दिन अघि दुबैले एक–अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाउँदै महानगरीय प्रहरी परिसरमा सहमती गरेर बाहिर निस्किएका थिए । तर पनि यी दुबैको विवाद अझै नसुल्भिएको उनीहरुले मिडियामा दिइरहेको प्रतिक्रियाबाट अनुमान लगाउन सकिन्छ ।
यतिबेला मिडियामा उनीहरुको डिभोर्सको चर्चा चल्न थालेको छ । केही अनलाइन मिडियाले छविसँगको डिभोर्सका लागि शिल्पाले कागजपत्रसमेत फाइल गरिसकेको समाचार बनाएका छन् । तर यस विषयमा शिल्पाले आधिकारिक धारणा न त सामाजिक संजालमा पोष्ट गरेकी छन् न बाहिर नै ल्याएकी छन् । तर मिडियामा भने उनले छविसँग डिभोर्स लिने निश्चित भइसकेको जस्ता समाचार छाउन थालेका छन् ।
ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको केहि समय बित्न नपाउदै छविराज ओझाले शिल्पा पोख्रेलको आफु दोश्रो श्रीमान भएको खुलाएका छन।उनि भन्छन’म संग बिहे गर्नु अगाडिनै उनले अर्को संग डिभोर्स दिएको हो र अहिले म संग बिबाह भएको थियो। यस विषयमा निर्माता छविराज ओझालाई केही जानकारी नभएको पनि होइन । उनले पनि डिभोर्सको हल्ला वा आधिकारिकता सुनेकै हुनपर्छ । सायद त्यसैले होला छविले शिल्पालाई कुनै अदालत नजान र आफ्नै अदालतमा आउन अनुरोधसमेत गरेका छन् । तर उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेोमा भने उनले निकै दुःख व्यक्त गरे ।
July 18, 2019 10:53 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने