

बुटवलको सिद्दार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, आखिर कसले गर्यो ?

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । अज्ञात समुहले बुद्धका मुर्ति तोडफोड गरेको हो । रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । शान्तिका प्रतिक बुद्धको मुर्ति कसले र किन तोडफोड गर्यो भन्ने खुलेको छैन ।
तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले मुर्ति तोडफोड गर्नेको खोजी भइरहेको जनाएका छन् । बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको अवस्थामा स्थानियले देखेका थिए ।
प्रहरीले घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान थालेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले घटनाको अनुसन्धान सुरु गरेको हो । लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।
July 18, 2019 11:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

