म्यानचेस्टर सिटीको कप्तान खेलाडीले नै छान्ने !
7 years अगाडी
Susma Dhakal
प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले सन्यास लिएपछि अहिले क्लबमा कप्तानको स्थान रिक्त छ । रिक्त रहेको स्थान पूरा गर्नका लागि प्रशिक्षक ग्वार्डिओलाले खेलाडीलाई नै जिम्मा दिने भएका छन् । ‘उनीहरु सबै सँगै बसेर कप्तान छान्नेछन्,’ग्वार्डिओलाले भने ।
सिटीको प्रिसिजन टुरका क्रममा चीनमा भएको वेष्टह्यामविरुद्धको खेलमा सिटीले ४–१ को जित हासिल गर्दा सिटीको नेतृत्व डेविड सिल्भाले गरेका थिए । तर, क्लबको स्थायी कप्तानको जिम्मेवारी भने केही समयपछि दिइनेछ ।
केभिन डी ब्रुयन म्यानचेस्टर सिटीको कप्तान बन्न इच्छुक छन् । उनले भने, ‘टिम र क्लबले मलाई कप्तान बनाउन चाहन्छ भने म खुशीका साथ स्वीकार गर्नेछु । तर, सबै जना आइसकेपछि यसको तय हुनेछ ।’
July 18, 2019 12:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...