नेपाली छोरी अपेक्षाले पाइन् ८० हजार क्यानेडियन डलरको छात्रवृत्ति
7 years अगाडी
Susma Dhakal
काठमाडौं । नेपालकी छोरीले क्यानडामा ठुलो छात्रवृति पाएकी छिन् । एडमन्टनकी अपेक्षा खरेलले ८० हजार क्यानडियन डलरको छात्रवृत्ति पाएकी छन् । आफ्ना हजुरबुबा फणिन्द्र काफ्लेको पानी जाँच्ने प्रविधिको कामले १७ वर्षे अपेक्षालाई विज्ञान तथा प्रविधि पढ्ने इच्छा जागेको उनले बताएकी छन् ।
स्थानीय सिबिसी एड्मन्टनका अनुसार उनी यसै शरद ऋतुमा शुरू हुने कलेजका लागि तयार भएकी छन् । खरेल युनिभर्सिटी अफ अल्बर्टा जाँदैछिन् । यो छात्रवृत्ति विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित (स्टेम) पढ्ने क्यानडाभरमा ५० जनाले मात्र पाउँछन् । उनकी आमा नेपालमा विज्ञान शिक्षिका भएको उनले अन्तर्वार्तामा बताएकी छन् । उनी नृत्यमा रूचि राख्थिन् । नेपालमै जन्मेकी अपेक्षा १२ वर्षको हुँदा क्यानडा गएकी हुन् ।
July 18, 2019 1:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...