

नेपाली छोरी अपेक्षाले पाइन् ८० हजार क्यानेडियन डलरको छात्रवृत्ति
6 years अगाडी
Susma Dhakal

काठमाडौं । नेपालकी छोरीले क्यानडामा ठुलो छात्रवृति पाएकी छिन् । एडमन्टनकी अपेक्षा खरेलले ८० हजार क्यानडियन डलरको छात्रवृत्ति पाएकी छन् । आफ्ना हजुरबुबा फणिन्द्र काफ्लेको पानी जाँच्ने प्रविधिको कामले १७ वर्षे अपेक्षालाई विज्ञान तथा प्रविधि पढ्ने इच्छा जागेको उनले बताएकी छन् ।
स्थानीय सिबिसी एड्मन्टनका अनुसार उनी यसै शरद ऋतुमा शुरू हुने कलेजका लागि तयार भएकी छन् । खरेल युनिभर्सिटी अफ अल्बर्टा जाँदैछिन् । यो छात्रवृत्ति विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित (स्टेम) पढ्ने क्यानडाभरमा ५० जनाले मात्र पाउँछन् । उनकी आमा नेपालमा विज्ञान शिक्षिका भएको उनले अन्तर्वार्तामा बताएकी छन् । उनी नृत्यमा रूचि राख्थिन् । नेपालमै जन्मेकी अपेक्षा १२ वर्षको हुँदा क्यानडा गएकी हुन् ।
July 18, 2019 1:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग
Loading...

