

बाढी प्रभावित क्षेत्रमा रेडक्रस, राहतको पूर्ण सेट सहित हटलाईन सेवा

काठमाडौं– मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएको नेपाल रेडक्रसको तत्थ्याङ्कले देखाएको छ । बाढी, पहिरो र डुवानबाट ४० हजार घरहरुमा क्षती पुगेको अनुमान पनि गरिएको छ । यो वाढी प्रभावित ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरणमा आधारित तथ्याङ्क हो । बुधवारसम्म नेपाल रेडक्रस सोसाइटीमार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण भएको छ ।
यसका अलावा ३ सय १० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ । उपलव्ध सामाग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताए ।
नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताइन् । निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउने पनि जानकारी दिइन् ।
यसैबीच, रेडक्रसले प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारभ्भिक द्रुत सर्वेक्षण सुरु गरेको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ पुगेका छन् । सर्लाही पुगेका विशेषज्ञ सन्तोष न्यौपानेले चक्रघट्टामा खोलाको किनारमा बस्ती रहेका मानिसहरुको घर, चर्पी भत्केर दयनीय अवस्थामा रहेको बताए ।
स्थानीय सरकारका प्रतिनिधिहरुसँगै त्यहाँ पुग्ने रेडक्रस पहिलो भएको मानिसहरुले बताइरहेका छन् । सर्लाहीमा मात्रै करिव ११ हजार घर भत्केको प्रारभ्भिक तथ्याङ्क आएको र जिल्ला विपद समन्वय समितिले त्यसलाई अनुमोदन गरेसँगै तत्काल राहत सुरु गरिने न्यौपानेले बताए ।
स्वास्थ्य समस्या वढ्न सक्ने खतरा : डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलावा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।
उनले भने, ‘सर्पदंशबाट वच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो सन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै सन्देशहरु प्रभावकारी हुने भएकाले स्थानियहरुको सहयोग लिइएको छ ।’ पानी सुद्धिकरणको लागि एक लाख वटा ट्यावलेट र सरसफाई प्रवर्धनको लागि पाँचसय सावुन प्रभावित क्षेत्रमा पठाइसकिएको रेडक्रसले जनाएको छ ।
आपतकालीन तटबन्ध निर्माण : अविरल बर्षा सुरु भएसँगै शुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा ८०० वोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् ।
हटलाईन ११३० सेवा : महोत्तरीको बालुवाबाट जिवझ साहले सहयोगको लागि निशुल्क टेलिफोन हटलाइन ११३० मा जानकारी दिने वित्तिकै महोत्तरीको प्रतिकार्य समूहलाई यसबारे थाहा दिइएको थियो । त्यहाँबाट साहले वडा नं ६ मा १०० घर डुवेका, औषधि पसलपनि बन्द भएको र खानेकुरा नपाएकोले सहयोगको लागि डायल गरेको बताए ।
July 18, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

