पूर्वपश्चिम राजमार्गमा बस र पिकअप भ्यान ठोक्कियो, २ जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
मोरङ– मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्षीय टिकाराम थापा र बसमा सवार नामथर नखुलेका अन्दाजी ३५ बर्षका एक पुरुष यात्रु रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो । एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर, मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
July 18, 2019 4:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...