

पूर्वपश्चिम राजमार्गमा बस र पिकअप भ्यान ठोक्कियो, २ जनाको मृत्यु
6 years अगाडी
Susma Dhakal

मोरङ– मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्षीय टिकाराम थापा र बसमा सवार नामथर नखुलेका अन्दाजी ३५ बर्षका एक पुरुष यात्रु रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो । एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर, मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
July 18, 2019 4:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो
Loading...

