म्याथिस डी लीट युभेन्टसमा अनुबन्धित
रोम । नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् ।
उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ ।युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त थप एक करोड ५ लाख युरो पनि पाउने उल्लेख छ ।
डी लीटको सम्झौता रकम युभेन्टसको इतिहासमा तेस्रो सर्वाधिक बढी रकम हो । सन् २०१८ मा क्लबले क्रिस्टियानो रोनाल्डोका लागि १० करोड ५० लाख युरो भुक्तानीमा सम्झौता गरेको थियो भने सन् २०१६ मा गोन्जालो हिगुइनका लागि नौ करोड युरो भुक्तानी गर्न सहमति जनाएको थियो ।
डी लीटले आयाक्सका लागि ११७ खेल खेलेर १३ गोल गरेका छन् । यस सिजनको च्याम्पियन्स लिगको क्वाटर फाइनलमा आयाक्ससँग युभेन्टस पराजित हुँदा डी लीटले नै गोल गरेका थिए । डी लीटले नेदरल्यान्ड्सका लागि राष्ट्रिय टोलीबाट १७ खेल खेलिसकेका छन् । उनी आयाक्सको कप्तान समेत भइसकेका छन् ।युभेन्टसका विश्वप्रसिद्ध खेलाडी रोनाल्डोले डी लीटलाई युभेन्टसमा अनुबन्धित हुन अनुरोध गरेका थिए ।
July 19, 2019 10:43 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी