

महोत्तरीमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या कहालीलाग्दो

महोत्तरी । महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।
गत आव २०७५/७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ । जसमध्ये यही असार अन्तिम साताको बाढी र डुबानमा परी सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।
पछिल्लोपटक बाढी र डुबानमा परी मृत्यु हुनेमा पनि सात महीनादेखि १२ वर्षभित्रका बालबालिकाको सङ्ख्या पनि बढी छ । यसक्रममा मृत्यु भएका सातमध्ये चार १२ वर्षमुनिका र दुई १३/१४ वर्षीय किशोर छन् । यसक्रममा बाढीले बगेर एक ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।
यसबाहेक गत जेठसम्म बगेर र डुबेर मृत्यु हुने २० मध्ये १५ बालबालिका रहेको अभिलेखमा देखिन्छ । सो सङ्ख्यामा १० महीनादेखि अधिकतम १० वर्ष उमेरका बालबालिका परेका प्रहरी उपरीक्षक अधिकारी बताउँछन् । यसबाहेक ६५ वर्ष उमेर कटेका दुई र तीन बयस्क पुरुष परेका छन् ।
वर्षभरि यसरी मृत्यु हुनेमा १२ पोखरीमा डुबेका पाइएको छ । यसरी मृत्यु हुने बालबालिकामा दुईको घर अगाडि जमेको पानीमा डुबेर र दुई साना नानीको त घरमै राखिएको पानीको भाँडामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसबाहेकका नुहाउने क्रममा पोखरीको डिलबाट चिप्लेर पानीमा डुबेका छन् ।
यस्ता घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको प्रहरी अधिकारीको भनाइ छ । नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका नुहाउन जाँदा घरका अभिभावक बेखबर देखिएको प्रहरी बताउँछन् । अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ ।
July 19, 2019 12:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

