

भप्सी खोलाको पुल फेरी बाढीले बगायो , पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा रहेको भप्सी पुल बनाईएको अस्थायी डाइभर्सन समेत बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
केही दिन अघि निरन्तर भएको बर्षापछि आएको बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सुरु गरिएको थियो तर आज बिहान आएको बाढीले अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध हुँदा यात्रुहरु बाटैमा अलपत्र परेका छन् । राजमार्गमा सवारीको लाम लागेको छ ।
प्रहरीका अुनसार पानीको बहाव घटेपछि मात्र सवारी संचालन हुनेछ । यसैगरी बर्षाकै कारण पहिरो खसेपछि मेची राजमार्ग पनि अवरुद्ध बनेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पांग्रेभिरमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार त्यहाँ पहिरो पन्छाउँन निकै कठिन भईरहेको छ र यसैगरी काठमाडौँ फाखेल र सिस्नेरी हुँदै हेटौँडा जाने बाटो पनि सुचारु हुन सकेको छैन । उक्त बाटो खुलाउँन अझै केही समय लाग्ने भएको छ भने हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथमा पनि यातायात संचालन हुन सकेको छैन ।
July 20, 2019 12:59 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

