धोनीले दुई महिना क्रिकेट नखेल्ने, तत्काल सन्यास पनि नलिने : रिपाेर्ट
अहिले खेल जगतमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीले कहिले सन्यास लिन्छन् भन्ने कुरा चर्चामा छ । यही चर्चा चलिरहँदा धोनीले एउटा निर्णय गरेका छन् । धोनीका अनुसार आउँदो अगष्ट ३ बाट सुरु हुने भारतीय क्रिकेट टिमको वेस्ट इण्डिज भ्रमणमा उनी संलग्न हुने छैनन् ।
एमएसके प्रसादको अध्यक्षतामा वेस्ट इण्डिज भ्रमणका लागि आइतबार भारतीय टिमको घोषणा हुनेछ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले वेस्ट इण्डिज भ्रमणमा आफू संलग्न नहुने बताएका छन् । धाेनीकाे स्थानमा कसलाई खेलाउने भन्ने बारे पनि चर्चा सुरु भएकाे छ ।
प्यारामिलिट्री फोर्सको प्याराशूट रेजिमेन्टमा धोनी मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) एक शीर्ष अधिकारीका अनुसार धोनीले आफ्नो रेजिमेन्टसँग दुई महिना रहेर सेवा गर्नेछन् ।
‘धोनीले वेस्ट इण्डिज भ्रमणमा संलग्न नहुने कुरा आफैँ बताएका छन् । उनी आफ्नो अर्धसैनिक रेजिमन्टसँग दुई महिना बिताउन चाहन्छन्’, बीसीसीआईका एक शीर्ष अधिकारीले भने धोनीले सन्यासको बारेमा पनि केही भनेका छैनन् ।
July 20, 2019 3:01 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी