लोक सेवा आयोगकाे विज्ञापनकाे विराेधमा प्रदेश १ मा बन्द आह्वान, १५ जना पक्राउ
माेरङ – लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईलगायत १५ जना पक्राउ परेका छन् । संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्मविपरीत लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै त्यसको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिँडेकाहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई, तामाङ घेदुङ संघका चन्द्र तामाङलगायतका आफना नेता कार्यकर्ताहरु पक्राउ परेको भुजेल सेवा समिति इटहरीका अध्यक्ष नेत्रबहादुर भुजेलले जानकारी दिनुभयाे । इटहरी चोकमा भेला भएर बन्द गराउँदै हिँडेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले स्वीकार गर्नुभयाे ।
लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै ‘आरक्षण बचाऔंँ’ नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन समेत गरेका थिए ।
July 20, 2019 3:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा