विवाह गर्छु भन्दै बलात्कार ! छुट्टाछुट्टै घटना तर बलात्कार गर्ने बहाना उही
6 years अगाडी
Susma Dhakal
धनगढी। विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् । असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ का २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जबरजस्ती करणी गरी फरार रहेका सुनारलाई पक्राउ गरी थप अनुसन्धान कार्य राखेको जानकारी दिए ।
त्यस्तै प्रहरीले साउन १ गते कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–३ का २५ वर्षीय प्रवेश रानालाई पक्राउ गरेको थियो । रानाले पनि विवाह गर्छु भनी जबरजस्ती करणी गरेका थिए । उनलाई कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतमा म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए ।
July 20, 2019 4:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...