Monday 3rd October 2022

जन्मजात शरीरमा कुनै चिन्ह छ ? चिन्ह हेरेर थाहा पाउनुहोस् व्यक्तिको स्वभाव

3 years अगाडी

एजेन्सी । केही व्यक्तिको शरीरमा जन्ममै केही चिन्ह हुने हुन्छ, जसलाई बर्थमार्क भनिन्छ। यदी तपाईको शरीको कुनै ठाउँमा यस्तो चिन्ह छ भने तपाई दोस्रो व्यक्ति भन्दा भिन्न स्वभावको हुनुहुन्छ। किनकी हरेक चिन्हको अलग अलग संकेत हुने गर्दछ। केही चिन्ह सौभाग्यको हुने गर्दछ भने केही चिन्ह दुभाग्र्यको । आज हामी तपाईलाई शरीरको कुन ठाउँमा भएको बर्थमार्कको के अर्थ हुन्छ भन्ने बारे जानकारी दिदैछौँ।

अनुहारमा बर्थमार्क : अनुहारमा कुनै प्रकारको बर्थमार्क हुने व्यक्ति धेरै बोल्ने र संवेदशील हुने गर्दछन्। यस्ता व्यक्तिलाई धनको कमी हुँदैन्।

हातमा बर्थमार्क : यदी कुनै व्यक्तिको बर्थमार्क हातमा छ भने त्यस्ता व्यक्ति परिवारीक हुने गर्दछन्। यस्ता मानिस अधिकांस समय घरपरिवार र बच्चाको राम्रो हेरचाह गर्ने खालका हुने गर्दछन्।

ढाडमा बर्थमार्क : ढाडमा बर्थमार्क हुने व्यक्ति ईमान्दारी र खुल्ला विचारको प्रतिक हुने गर्दछन्। यस्ता व्यक्तिले हरेक काम इमान्दारी र मेहनतले गर्ने गर्दछन्।

औँलामा बर्थमार्क : औँलामा बर्थमार्क हुने व्यक्ति स्वतन्त्र जीवन जिउँने खाले हुने गर्दछन्। कसैप्रति निर्भर रहन उनीहरुलाई मन पर्दैन्।

पेटमा बर्थमार्क : पेटमा बर्थमार्क हुने व्यक्ति लोभी खालको हुने गर्दछ। यस्ता व्यक्ति आफ्नो बारेमा मात्र सोच्ने खालका हुने गर्दछन्।

गालामा बर्थमार्क : सिधा गालामा बर्थमार्क हुने व्यक्ति मेहनती स्वभावका हुने गर्दछन् भने उल्टो गालामा बर्थमार्क हुने व्यक्ति निराश स्वभावका हुने गर्दछन्।

टाउँकोमा बर्थमार्क : टाउँकोमा बर्थमार्क हुने व्यक्ति कयौँ पटक प्रेम सम्बन्धमा पर्ने खालका हुने गर्दछन्।

खुट्टामा बर्थमार्क : खुट्टामा बर्थमार्क हुने व्यक्ति निकै सौभाग्यशाली हुने गर्दछन्। यस्ता व्यक्ति आफ्नो हरेक काममा सफलता पाउने खालका हुने गर्दछ।

          July 20, 2019 5:01 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...