

क्यान्सर जस्ता खतरनाक रोगका लागि अमृत समान कालो मरिच

काठमाडौं । कालो मरिच सबै घरको भान्सामा उपलब्ध हुने एक प्रकारको मसला हो । तर हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ यो कालो मरिचले दिने फाइदाहरु । आज डिसीनेपाल तपाईंहरुलाई कालो मरिचबाट हुने फाइदाहरुका बारेमा जानकारी गराउँदै छ ।अनुसन्धानले समेत साबित गरिसकेको मसलाको रुपमा प्रयोग गरिने यो कालो मरिचले स्वास्थ्यमा आश्चर्यजनक फाइदा दिन्छ । मरिचको प्रयोगबाट प्राप्त गर्न सकिने फाइदाहरुका बारेमा जानकारी प्राप्त गरेर तपाईं पनि स्वस्थ र तन्द्रुस्त रहनुहोस् ।
मरिच प्रयोग गर्नाले हुने फाइदाहरु:
१. क्यान्सरबाट छुटकारा पाउन : कालो मरिचमा क्यान्सरसँग लड्न सक्ने गुण लुकेको हुन्छ जसको सहायताले क्यान्सर क्यान्सर जस्तो खतरनाक रोग समेत मानव शरिरमा प्रवेश गर्न पाउँदैन । तसर्थ कालो मरिचका साथ बेसारको सेवन गर्नाले क्यान्सर जस्तो भयानक रोगले मानव शरीरमा आर्कमण गर्न सक्दैन ।मरिचमा भिटामीन सी, भिटामीन ए, क्यारोटिन लगायत अन्य किटाणुनासक गुण लुकेको हुन्छ जसले शरीरमा क्यान्सर लगायत अन्य रोगहरु लाग्न दिदैन । तसर्थ आजै बाट भान्सामा मरिचलाई स्थान दिनुहोस् र आफ्नो सागसब्जीमा मरिचलाई मसलाको रुपमा प्रयोग गर्नुहोस् ।
२. पाचन शक्ति बलियो बनाउन : कालो मरिचले पाचन शक्ति बलियो बनाउनुका साथै पेटलाई सफा पार्ने काम गर्छ । दैनिक रुपमा आफ्नो खानामा कालो मरिचको प्रयोग गर्नाले खानालाई पचाउन मद्धत पुर्याउँ छ र पाचन प्रक्रिया बलियो हुन्छ । यसले ग्यास्टिक जस्तो ज्याद्रो रोगबाट सहजै छुटकारा दिलाउने काम गर्छ ।
३. रुघा खोकीबाट छुटकारा दिलाउँ छ : कालो मरिचमा प्राकृतिक रुपले नै किटाणुनाशक गुण आबद्ध हुन्छ, तसर्थ यसको सेवन गर्नाले रुघा९खोकी निको हुन्छ । एक चम्चा महमा एक चिम्टि मरिचको धुलो मिसाएर सेवन गर्नाले रुघा९खोकी हराएर जान्छ । यसले धुलो तथा धुवाँका कारण छातीमा हुने समस्या, फ्लु तथा भाइरल शंक्रमणबाट छुटकारा दिलाउन ठूलो भूमिका खेल्छ । यसमा आबद्ध भिटामीन सीले किटाणुनाशकको समेत काम गर्छ ।
४. छालाको सुरक्षा गर्छ : छालालाई सुन्दर बनाउन चाहिने गुण मरिचमा अन्य चिजबिज भन्द सयौ गुणाले बढी हुन्छ । थोरै मह र दहीमा कालो मरिचको धुलो एक चिम्टि मिसाउनुहोस् र खानुहोस् । यसले रक्त संचारलाई नियमित बनाउने तथा छालामा अक्सिजनको मात्रा उपलब्ध गराउँछ। खानामा कालो मरिचको प्रयोग नियमित रुपले गर्नाले छाला चाउरी पर्दैन र डण्डीफोर आउँदैन ।
५. डिप्रेशनबाट छुटकारा मिल्छ : कालो मरिचको प्रयोगले डिप्रेशन जस्तो भयानक रोग लाग्न पाउँदैन। यसले ब्रेनलाई सहज बनाउनुका साथै सकृय समेत बनाउँछ । यसका साथै कालो मरिचलाई मसलाको रुपमा प्रयोग गर्न सकिन्छ। मरिचको धुलो दुधमा मिलाएर प्रत्येक बिहान सेबन गर्नाले मांशपेशी जन्य रोग लाग्न पाउँदैन र शरीरमा फुर्ती प्राप्त हुन्छ।
July 21, 2019 1:24 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

