नेपालमा केही गर्न सकिन्न भन्दै विदेश पलायनको सोच बनाउँनेले यो सफलताको सत्य कथा पढ्नुहोस्
काठमाडौ । आज पनि आफ्नौ दैनिकी र परिवार चलाउनको लागि मात्रै विदेश पलायन हुनेहरुको संख्या ठुलो छ । तर नेपालमा व्यवसाय गर्नेहरुले विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भइरहेका छन् । सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१२, दुरुमखोलाका टोपेन्द्र वली एक दशकदेखि मौरीपालन गर्दै आउँनु भएको छ ।
जिल्लाकै विकट ठाउँको रुपमा रहेको दुरुमखोलामा वलीले करिब १२० घार मौरी पाल्नु भएको छ । उहाँले मौरीसहितका घार, खाली घार र मह बिक्री गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउँनु भएको छ ।
घर परिपरिको जग्गामा मौरी खेती गर्दै आएका वलीले यसलाई अझै बढाउने योजना भएको जानकारी दिनुभयो । वार्षिक करिब आठ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दै आइरहनु भएको छ । अहिले महको मूल्य प्रतिकिलो ७०० रहेको छ । मौरीसहितको घारलाई सात हजार र खाली घारलाई तीनदेखि चार हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
वार्षिक १०० देखि २०० वटासम्म घार बिक्री हुने गरेको छ । वलीको परिवार नै मौरीपालन व्यवसायमा सक्रिय छन् । उहाँ भन्नुहुन्छ, ‘घरमै बसेर १५–२० लाख रुपैयाँ आम्दानी हुन्छ भने किन विदेश जानुपर्यो ।’ उत्पादन भएको भएको महको बजारको समस्या नभए पनि गाउँसम्म पुग्ने यातायातको साधनको अभाव भएको उहाँले दुःखेसो गर्नुभयो । ग्रामीण क्षेत्रका फलफूल र जडीबुटी खाएर बनेको मह भएकाले गुणस्तरीय पनि हुन्छ ।
July 21, 2019 1:31 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत