ग्यारेथ बेलले रियल मड्रिड छोड्ने
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलले यसै सिजन रियल मड्रिड छोड्ने बताएका छन् । प्रिसिजनमा शनिबार सम्पन्न बायर्न म्युनिकविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले बेलको रिलज मड्रिड करियर अन्त्य हुन लागेको जानकारी दिए ।
बायर्नविरुद्धको खेलमा पनि बेल मैदानमा देखिएनन् । सो खेलमा रियल मड्रिड पराजित भएको थियो । जिदानले रियल मड्रिड सम्हालेपछि बेल बेन्चमा नै बस्दै आएका छन् । जिदानको रणनीतिमा बेल फिट नहुने भएपछि रियल मड्रिड बेललाई बेच्ने तयारीमा छ ।
रियल मड्रिडमा स्टार विङ्गर बेलको सम्झौता अझ तीन वर्ष बाँकी छ । बेललाई पूर्व क्लब टोटनह्याम, म्यान्चेष्टर युनाइटेड र बायर्न म्युनिकले अनुबन्ध गर्नका लागि चासो देखाएका छन् । शनिबारको बर्यानबिरुद्धको खेलमा बेल किन खेलेनन् भन्ने प्रश्नको जवाफमा जिदानले भने,‘उनी छिटै क्लब छोड्दैछन्, त्यसैले उनी नखेलेका हुन् ।’‘आशा गरौँ उनी चाँडै विदा हुनछन् । यो नै सबैको लागि हितकारी हुनेछ, हामी उनलाई नयाँ टिममा पठाउनका लागि कार्य गरिरहेका छौं।’
July 21, 2019 1:54 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी