

ग्यारेथ बेलले रियल मड्रिड छोड्ने

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलले यसै सिजन रियल मड्रिड छोड्ने बताएका छन् । प्रिसिजनमा शनिबार सम्पन्न बायर्न म्युनिकविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले बेलको रिलज मड्रिड करियर अन्त्य हुन लागेको जानकारी दिए ।
बायर्नविरुद्धको खेलमा पनि बेल मैदानमा देखिएनन् । सो खेलमा रियल मड्रिड पराजित भएको थियो । जिदानले रियल मड्रिड सम्हालेपछि बेल बेन्चमा नै बस्दै आएका छन् । जिदानको रणनीतिमा बेल फिट नहुने भएपछि रियल मड्रिड बेललाई बेच्ने तयारीमा छ ।
रियल मड्रिडमा स्टार विङ्गर बेलको सम्झौता अझ तीन वर्ष बाँकी छ । बेललाई पूर्व क्लब टोटनह्याम, म्यान्चेष्टर युनाइटेड र बायर्न म्युनिकले अनुबन्ध गर्नका लागि चासो देखाएका छन् । शनिबारको बर्यानबिरुद्धको खेलमा बेल किन खेलेनन् भन्ने प्रश्नको जवाफमा जिदानले भने,‘उनी छिटै क्लब छोड्दैछन्, त्यसैले उनी नखेलेका हुन् ।’‘आशा गरौँ उनी चाँडै विदा हुनछन् । यो नै सबैको लागि हितकारी हुनेछ, हामी उनलाई नयाँ टिममा पठाउनका लागि कार्य गरिरहेका छौं।’
July 21, 2019 1:54 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

