विश्वकप छनोट एसिया फाइनलः नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य
काठमाडौं । विश्वकप छनोट एसिया फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिइको छ। इण्डियन एसोसियसन ग्राउंड सिंगापुरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर मात्र १२२ रन बनायो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बल खेलेर १ चोका र १ छक्का लगाए। यस्तै कप्तान पारस खड्काले ४ चौका र १ छक्काको मद्दतमा १७ बल खेलेर २८ रन बनाए। त्यसैगरी ज्ञानेन्द्र मल्लले २३ तथा सोमकपाल कामीले ११ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
कतारका लागि इकबाल हुसेनले ३ विकेट लिए भने तमूर सजाद र नौमान सरवरले २–२ विकेट लिए। आजको खेलमा जीत निकाल्दै नेपाल यस प्रतियोगितामा उत्कृस्ट शुरुवात गर्न चाहन्छ ।
आज नेपालको प्लेइंग ११मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्।
July 23, 2019 11:15 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी