Sunday 24th November 2024

इमरान खान परमाणु हतियार छोड्न तयार, राखे यस्तो शर्त

5 years अगाडी

बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले परमाणु हतियार त्यागे पाकिस्तान पनि परमाणु हतियार त्याग्न तयार रहेको बताएका छन्। अमेरिकाको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले फक्स न्युजका पत्रकार ब्रेट बेयरलाई दिएको अन्तर्वातामा भारतले परमाणु हतियार त्यागे पाकिस्तानले पनि त्याग्ने बताएका हुन्।

ब्रेट बेयरले इमरान खानसँग सोधे–यदि भारत परमाणु हतियार छोड्न तयार भए, पाकिस्तानले पनि त्यसै गर्छ?’ जवाफमा इमरान खानले भने– गर्छौं, किनभने परमाणु युद्ध कुनै विकल्प होइन। पाकिस्तान र भारतबीच परमाणु युद्धको आइडिया आफूले आफूलाई नै बर्बाद पार्नु हो। किनभने दुवै देशबीच साढे दुई हजार सीमा जोडिएको छ।’प्रधानमन्त्री खानले दुई देशबीचको परमाणु युद्ध पूरै उपमहाद्वीपकालागि खतरनाक हुने चेतावनी दिए। उनले गत फेब्रुअरीमा दुई देशबीच जे भयो, त्यसपछि विवाद उत्कर्षमा पुगेको बताए।

इमरान खानले भने–पाकिस्तानमा एउटा भारतीय विमानलाई खसालिएको थियो। यी कुरालाई मध्यनजर गरेर मैले राष्ट्रपति ट्रम्पलाई भारत र पाकिस्तानबीच मध्यस्थकर्ता भनेर आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छु। अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो। त्यसकारण अमेरिका मात्र एउटा यस्तो देश हो जो भारत र पाकिस्तानबीच कस्मिरको विषयमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्छ।’

उनले दुवै देशबीच विगत ७० वर्षमा कश्मिर यस्तो मुद्दा हो जसका कारण दुवै एक सभ्य छिमेकीको जस्तो गरी बस्न नपाएको उनले बताए।बेयरले ट्रम्पको मध्यस्थताका विषयमा भारतको प्रक्रियालाई पनि समेटेका छन्। भारतले कश्मिरको विषयमा ट्रम्पको मध्यस्थतालाई अस्वीकार गरेको छ। भारतले कश्मिरका विषयमा तेस्रो पक्षको मध्यस्थता नपर्ने बताएको छ। जवाफमा इमरान खानले भारत पहिला वार्ताको टेबलमा आउनुनर्पे बताए। उनले यो विषयमा अमेरिकाले सकारात्मक भूमिका निर्वाह गर्नसक्ने उनको भनाइ छ।

          July 23, 2019 12:05 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...