Sunday 26th April 2026

विद्यालय सुधारकालागि जापानको ६३ करोड अनुदान

7 years अगाडी

काठमाडौं । नेपालका विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संसाधन विकास परियोजना कार्यान्वयन गर्न जापान सरकारले नेपाल सरकारलाई ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ ।अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।

सोमबार नै सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे ।

सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भए पनि सहयोग गर्न पाएकामा जापान हर्सित भएको बताए । रासस

          July 23, 2019 1:08 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...